उप-सचिव प्रेम सञ्जेलमाथि कार्यकक्षमै हातपात

उप-सचिव प्रेम सञ्जेलमाथि कार्यकक्षमै हातपात

काठमाडौँ । भ्रष्टाचार विरोधी सरकारी कर्मचारीको छवि बनाएका श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेलमाथि कार्यकक्षमै हातपात भएको छ।

उपसचिव सञ्जेलमाथि कार्यालयकै करारमा रहेका कर्मचारीहरूले हातपात गरेको आरोप छ। उनलाई कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई (निरौला) र मेनुका सापकोटा (कोइराला) ले हातपात गरेको प्रहरीले जनाएको छ। उनीहरु दुबै करारका कर्मचारी हुन् ।

शनिबार सार्वजनिक बिदा भए पनि सञ्जेल कार्यालयमै थिए। मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाका अनुसार शनिबार उपसचिव सञ्जेलमाथि हातपात भएको जानकारी आएलगत्तै कार्यालयमा प्रहरी पुगेको थियो।

‘उहाँमाथि हातपात भएको खबरपछि प्रहरी घटनास्थल पुगेको थियो,’ प्रजिअ निरौलाले भने, ‘घटनाबारे प्रहरीले अनुसन्धान गर्दैछ।’ सञ्जेललाई उनीहरूले चप्पल, पञ्चिङ मेसिनलगायतले हातपात गरेको आरोप छ। सञ्जेलको अनुहारमा सामान्य चोट छ। उनीहरूले किन सञ्जेलमाथि हातपात गरे खुलेको छैन।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार