दुई स्वास्थ्यकर्मी बेपत्ता

दुई स्वास्थ्यकर्मी बेपत्ता

काठमाडौँ । डोटीमा सेती नदीमा नुहाउन गएका दुई स्वास्थ्यकर्मी बेपत्ता भएका छन्। बझाङ घर भई डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्य सहायक हेल्थ असिटेन्ट विनयबहादुर सिंह र ल्याब असिटेन्ट हरि जोशी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेले बताएका छन ।

सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शैलेश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा शिखर गाउँपालिका–१० बानीडुग्रीसैनस्थित सेती नदीमा पौडी खेल्ने क्रममा उनीहरू बगेर बेपत्ता भएका हुन ।

बेपत्ता भएका स्वास्थ्यकर्मीको खोजी कार्यका लागि दिपायलबाट प्रहरी नायब निरीक्षक रमेशबहादुर शाहीको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस आर्थिक वर्षमा मात्रै सेती नदीमा पौडी खेल्ने क्रममा चार जनाको ज्यान मृत्यु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार