नेपाल-भारत सिमानामा पुग्दा…

नेपाल-भारत सिमानामा पुग्दा…

दशरथ घिमिरे , दाङ

दाङ-लमही निवासी सपना पाण्डे पहिलो पटक नेपाल भारत सिमानाको दाङ खण्ड काेइलावासमा पुगिन्। उनले काेइलावासकाे नाम खुबै सुनेपनी पुगेकी भने थिइनन्। सोमबार भने उनी नेपाल-भारतको बोर्डरमा पुगिन्।

 

भारतले नेपालको भुमी अतिक्रमण गरेर नेपाली भूमि आफ्नो नक्सामा समेत उल्लेख गरेकाे बिषयले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चर्काे रुपमा उठिरहेकाे बेला उनी सिमानामा पुगेर नेपाली भूगाेलकाे अवलोकन गर्न पाउँदा प्रफुलित थिइन्।`पहिलोपटक सिमानामा पुगियाे।

आफ्नाे भूमिकाे अलग्गै माया हुदाे रहेछ´उनले भनिन-`सिमानामा पुगेर आफ्नाे देशकाे माटाेकाे माया बिछट्टै हुदाेरहेछ । त्याे मैले महसुस गरे।´ दाङमा खुल्ला सिमाना ८३ किलोमिटर लामाे छ । ३७ मुख्यसहित ७७ वटा सीमा स्तम्भ रहेका छन् । जस मध्य जिर्ण रहेका सीमा स्तम्भ मर्मत गरिएको छ। जसमध्ये ४८ नम्बरकाे पिल्लर भने खाेलाले बगाएको सशस्त्र प्रहरी बल वाेर्डर पाेष्ट काेइलावासका प्रमुख विशाल पाण्डेले जानकारी दिए ।

खुल्ला सिमाना हाे । सिमानामा जंगे पिल्लरहरु छन। त्यहाँ बसाेवास गर्ने नेपालीका कारण नेपालकाे सिमा रक्षा भएको हाे । नत्र नेपाली भूमी अतिक्रमण भएर धेरै क्षेत्र भारतमा गाभिएकाे हुन सक्थ्यो तर, नाकामा बसाेवास गर्ने नेपालीका कारण नेपाली ‍भूमिकाे रक्षा भएको हाे ।` आधारभूत सेवा सुविधा समेत छैन । यस्तो अवस्थामा समेत नेपालीले आफ्नाे भूमि एक इञ्च दवाउन दिएका छैनन´भाैवा नाका निवासी श्याम झाक्रीले भने-`सिमाना रक्षा गर्न नाकाबासीकाे ठूलाे याेग्दान छ ।´

नाका क्षेत्रमा बसाेवास गर्ने नेपालीकाे पहिचान नेपाली नागरिकता हाे । २२ ओटा नाकामा बसाेवास छ । रासन किन्न भारत जानुपर्ने बाध्यता छ । सरकारले नाका क्षेत्रमा विकास पुर्‍याउन आफ्ना याेजनालाइ प्राथमिकतामा राखेकाे छ ।तीन ठूला सडकमा साढे चार कराेड बजेट छ भने लमही-काेइलावास सडक कालाेपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेकाे प्रदेश सभा सदस्य रेवतीरमण शर्माले बताए ।`नाकाबासीकाे समस्या समाधान गर्न हामीले प्राथमिकतामा राखेका छाैं´उनले भने-`प्रदेश सरकारले उत्तर दक्षिण बाटाे बनाउन साढे चार कराेड बजेट विनियोजन गरेकाे छ। अब सडक निर्माणकाे काम सुरु हुन्छ।´  देश सञ्चारबाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार