सिन्धुपाल्चोकको पाँचपोखरीमा पहिरो खस्दा दम्पतीको मृत्यु

सिन्धुपाल्चोकको पाँचपोखरीमा पहिरो खस्दा दम्पतीको मृत्यु

काठमाडौँ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा गत राती पहिरोले घर पुरिँदा एक दम्पतीको मृत्यु भएको छ ।  आइतबार रातिको अविरल वर्षापछि गएको पहिरोले घर पुरिँदा थाङपाल गाउँपालिका-२ गाङखोरका ४९ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती ४८ वर्षीया लक्ष्मी सिलवाल क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

राति सुतिरहेका बेला घर माथिबाट आएको पहिरोमा उनीहरु पुरिएका हुन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार