बाँकेमा वडाध्यक्ष र अधिकृतलाई कोरोना पुष्टि

बाँकेमा वडाध्यक्ष र अधिकृतलाई कोरोना पुष्टि

काठमाडौँ । नेपालगञ्जका एक वडाध्यक्ष र नेपालगञ्ज उपमहानगरपालिकाका अधिकृतलाई पनि कोरोना पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा वडाध्यक्ष र नेपालगञ्ज उपमहानगरपालिकाका अधिकृतलाई कोरोना देखिएको हो । उनीहरुको साउन १६ गते नेपालगञ्ज उपमहानगरपालिकामा स्वाब लिइएको थियो ।

कोरोना देखिएका वडाध्यक्षलाई केही दिनदेखि ज्वरो आइरहेको थियो । अधिकृतलाई कुनै लक्षण देखिएको थिएन । कोरोना पुष्टि भएपछि दुवैजनालाई खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा लगिएको छ ।

यसैबिच सोमबार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ का एकजना डिस्चार्ज भएका छन् । उनलाई घर पठाउने तयारी भएको छ । बाँकेमा ४ सय ४६ जनामा कोरोना देखिएको छ । ३ सय ८८ जना डिस्चार्ज भएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार