पर्सामा ३४ जनामा कोरोना पुष्टि

पर्सामा ३४ जनामा कोरोना पुष्टि

काठमाडौँ । पर्सामा मंगलबार थप ३४ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाली सेना, चिकित्सक, पत्रकार गरी थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

६ जना महिलासहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले जानकारी दिए । उनका अनुसार संक्रमित १४ देखि ५६ वर्ष उमेर समूहका छन् । नेपाली सेना, चिकित्सक, कन्ट्याक्ट ट्रेसिङमा परेका, पत्रकार लगायतमा कोरोना संक्रमण देखिएको छ ।

अधिकांश संक्रमित वीरगञ्ज महानगरपालिकाका छन् । ३४ जनामध्ये २३ जना वीरगञ्ज महानगरपालिकाका, ३ जना नेपाली सेना, ३ जना पोखरिया नगरपालिकाका, १ जना जिराभवानी गाउँपालिकाका, २ जना बाराका तथा सुर्खेत र सर्लाहीका १/१ जना संक्रमित भएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार