वीरगन्जमा १३३ जनामा काेराेना संक्रमण पुष्टि

वीरगन्जमा १३३ जनामा काेराेना संक्रमण पुष्टि

प्रतिकात्मक तस्बिर

काठमाडौं । नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार निरौला, वीरगन्ज कारागारका जेलर श्रवण पोखरेलसहित थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १७ जना बाराको सिमरा क्‍वारेन्टाइन र बाँकी पर्साका हुन् ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार २४ महिलासहित ५ देखि ७४ वर्ष उमेर समूहका १ सय ३३ जना नयाँ संक्रमित थपिएका हुन् । वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौलाले फ्रन्टलाइनमा काम गर्दागर्दै कोरोना संक्रमित भएको बताए ।

रिपोर्ट आउनमा ढिलाई भएको प्रति उनको गुनासो छ । ‘श्रीमती र छोरा मसँगै छन्,’ उनले भने, ‘मेरो र श्रीमतीको रिपोर्ट पोजिटिभ आएको छ, छोराको निगेटिभ । तर, छोरा यो बीचमा हामीसँग बसेको छ ।’ साउन १६ मा दिएको स्वाबको नतिजा साउन २० को राति आयो । रिपोर्ट छिट्टै आएको भए छोरालाई अलग्गै राख्न हुन्थ्यो । रिपोर्टको ढिलाईले पनि समुदायमा कोरोना फैलिएको हो । महानगरपालिका कार्यालयका अरु १० जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाली सेनाका ३ जना, वीरगन्ज भन्सारमा खटिएका ३ जना सशस्त्र प्रहरीमा समेत कोरोना पुष्टि भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार