विराटनगरमा थप १३ जनामा कोरोना संक्रमण

विराटनगरमा थप १३ जनामा कोरोना संक्रमण

काठमाडौँ । विराटनगर महानगरपालिकामा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार अबेर राति आएको रिपोर्ट अनुसार ५ महिला र ८ पुरुषमा संक्रमण देखिएको हो।

संक्रमितहरु महानगरपालिकाको वडा नम्बर २, ६, ७, ८, १०, ११, र १३ का रहेको महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले बताए । संक्रमितको पहिचान तथा खोजीका लागि बिहानदेखि टोली खटिएको उनले बताए ।

योसँगै विराटनगर महानगरपालिकामा संक्रमितको संख्या १ सय ८३ पुगेको छ । त्यसमध्ये ४२ जना भने संक्रमण मुक्त भएर घर फर्किसकेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार