भदौ १ देखि सुरु हुने विद्यार्थी भर्ना कार्यक्रम नरोकिने

भदौ १ देखि सुरु हुने विद्यार्थी भर्ना कार्यक्रम नरोकिने

काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि भदौ १ गतेदेखि हुने भनिएको भर्ना अभियानमा नरोकिने शिक्षा मन्त्रालयले स्पष्ट पारेको हो । पछिल्लो समय सङ्क्रमण बढ्दै गए पनि सुरक्षा सावधानी अपनाए जोखिम नहुने भएकाले भर्ना अभियान प्रभावित नहुने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताएका छन ।

भर्ना कार्यक्रममा सहभागी हुने अभिभावक, शिक्षक र सम्बन्धित व्यक्तिलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ । उहाँले भर्ना सुरु गर्नुको अर्थ पठनपाठन नै सुरु भएको भनेर नबुझ्न पनि आग्रह गरेका छन ।

भर्ना गर्न जाँदा बाटोदेखि शैक्षिक संस्थासम्म व्यक्तिगत दूरी कायम गर्ने, सकेसम्म सार्वजनिक गाडीमा यात्रा नगर्ने र गर्नै परे पनि पटक-पटक साबुनपानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउन आग्रह गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार