एनसेलको वायरफ्रि ‘वाईफाई’ सेवा

एनसेलको वायरफ्रि ‘वाईफाई’ सेवा

काठमाडौं । एनसेलको वाईफाई सुविधा, टकटाईम डेटा बन्डलसहितको वायरफ्रि प्लस वाईफाई सेवा सुरु गरेको छ । कम्पनीले नयाँ थिम ‘प्लस’ अन्तर्गत वायर फ्री प्लस वाइफाइ सेवा देशभर तथा ४० भन्दा बढी जिल्लामा उपलब्ध सिम कार्ड, डिभाइस, डेटा, भ्वाइस, डिजिटल कन्टेन्ट लगायत सेवाको बन्डल सेवा शुरु गरेको छ ।

यो प्रविधि अन्तर्गत उपभोक्ताले अब बिना झन्झट गुणस्तरीय वायर फ्री इन्टरनेट र वाइफाइ कनेक्टिभिटी सहितको बन्डल सेवाबाट फाइदा लिन सक्ने एनसेलले जनाएको छ । कम्पनीले यो सेवा बुधबारबाट सुरु गरेको हो ।

ग्राहकले आफ्नो आवश्यकताअनुसारको गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीन वटा समुहमा कुनै पनि समुहअन्तर्गतको प्लान लिन सक्ने व्यवस्था पनि एनसेलले गरेको छ ग्राहकले वार्षिक योजना अन्तर्गत मासिक ६ सय ९० रुपैया सातै दिन र २४ सै घण्टा सेवा प्राप्त गर्न सक्नेछन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार