शुक्रबार थप ४६४ जनामा कोरोना पुष्टि

शुक्रबार थप ४६४ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा शुक्रबार नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा  कोरोना संक्रमण देखिएको हो । नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।

हाल १० हजार २ सय ७ जना क्वारेन्टाइनमा छन्। शुक्रबार ७ हजार ९ सय २६ जनाको पिसिआर परीक्षण भएको छ।

हालसम्म नेपालमा ७० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार