करार शिक्षकलाई पुर्नबहालीको माग

करार शिक्षकलाई पुर्नबहालीको माग

मुसिकोट । रुकुम पश्चिमको जनविकास माद्यामिक बिद्यालय ज्यामिरकोट टाकुराको बिद्यालय ब्यबस्थापन समितिको बैठक शुक्रबार सम्पन्न भएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरिप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले विभिन्न ६ वटा निर्णयहरु पनि गरेको छ ।

बैठकले करार शिक्षकलाई पुर्नबहालीका लागि माग गर्नुका साथै करार, राहत र सुरक्षागार्ड लाई पदस्थापना एवम तलब माग गर्ने, शिक्षक तथा कर्मचारीलाई कोरोना बिमा गर्न स्थानीय सरकार सँग माग गर्ने, बिदेशी दाताको सहयोग स्वीकार गर्ने, पक्की भवन निर्माणका लागि रकम माग गर्ने, कार्यालय सहयोगी भर्ना अनुमति माग गर्ने र अनुदानमा आधारित बिद्यार्थिको पोसाक माग गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ । चैत्र ६ देखि लकडाउनका कारण जनबिकास माबिका ६ जना शिक्षक सहित अन्य शिक्षकहरुको पनि करार सम्झौता रद्द भएको थियो ।

त्यस्तै लकडाउनको समयमा पनि बिद्यालयले विभिन्न  काम सम्पन्न गरेको छ । लकडाउन पछि नियमित प्रशासनिक कामकाज, विवरण अपडेट, सिफारिस, जानकारी, नतिजा प्रकाशन, पुरक नतिजा अपडेट, एसइइ नतिजा सिफारिस, बैकल्पिक पठन पाठन कक्षा, स्थानीय बाटो निर्माण, किताब र छात्रवृत्ति बितरण लगायतका कामकाज सम्पन्न गरिएको प्रधानाध्यापक दिपक सङगम थापाले बताएका छन।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार