दलितमाथि आक्रमण गर्नेलाई कारबाही गर्न नेशनल दलित लयर्स फोरमको माग

दलितमाथि आक्रमण गर्नेलाई कारबाही गर्न नेशनल दलित लयर्स फोरमको माग

काठमाडौँ । नेशनल दलित लयर्स फोरमले पछिल्लो समय देशभरि दलित समुदायका केहि व्यक्ति माथि भएको आक्रमणका घटनाको निष्पक्ष छानवीन गरी दोषीलाई कडा कारवाही र पीडितलाई क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरेको छ ।

शनिबार नेशनल दलित लयर्स फोरमको तर्फबाट अधिव्यक्ता सुन्दर बहादुर सेनीले जारी गरेको प्रेस विज्ञप्तीमा मोरङको बुढींगंगा-२ मुसहरी वस्तीमा आक्रमण गर्नेहरु र सप्तरी जिल्ला बोदेबर्साइन-१० राम समुदाय माथि भएको सांघातिक आक्रमण गर्नेहरुलाई कानूनबमोजिम कारवाही गर्ने माग गरेको छ ।

फोरमले आक्रमणमा परेका घाइतेहरुको नि:शुल्क उपचार, क्षतिपूर्ति र मृतक परिवारलाई उचित क्षतिपूर्ति समेत दिलाउन र यस्ता घटनाहरु नदोहरिनको लागि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल प्रहरी तथा जिल्ला सरकारी वकिलको कार्यालयलाई कानूनबमोजिम हदैसम्मको कारवाही गर्न आग्रह गरेको हो ।

विज्ञप्तीमा भिनिएको छ पछिल्लो दिनहरुमा दलित समुदायमाथि भइरहेको शृंखलाबद्ध हत्या, जातीय भेदभाव तथा छुवाछुतजन्य कसुर तथा कुटपिटको घटना प्रति नेशनल दलित लयर्स फोरमले सरकारले दलित समुदायको पक्षमा बनेका ऐन कानुनहरु व्यवहारिक रुपमा कार्यान्वयन गर्न समेत अपिल गरेका छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार