उपत्यकामा कोरोनाविरुद्ध थप निर्णय लिन संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै

उपत्यकामा कोरोनाविरुद्ध थप निर्णय लिन संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै

काठमाडौँ । कोरोना संक्रमणविरुद्ध थप प्रतिकार्य योजना अनुमोदन गर्न काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै छ । कोभिड–१९ सँग सम्बन्धित एरिया सिल, मापदण्ड पालना, क्षेत्रगत नियमन गर्न, भागेका संक्रमितको पहिचान र खोजीलगायत काममा स्थानीय प्रहरी र स्थानीय वडासँग समन्वय गरेर काम गर्ने गरी स्थानीय टोल सुधार समितिलाई परिचालन गर्ने गरी निर्णय लिन बिहान १० बजेदेखि बैठक बस्न लागेको हो ।

बैठकलगत्तै गैरसरकारी संस्था र उद्योगी–व्यवसायी संघ संस्थाका प्रतिनिधिलाई पनि छलफलमा बोलाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार