बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका २ चिकित्सकमा कोरोना पुष्टि

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका २ चिकित्सकमा कोरोना पुष्टि

काठमाडौँ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २ चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा नाक, कान घाँटी विभागका प्राध्यापक र बायोक्यामेस्ट्री विभागका सहप्राध्यापकसहित दुई जना पुरुष चिकित्सकमा कोरोना पुष्टि भएको हो ।

दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिए । उनका अनुसार आफूलाई शंका लागेर नै दुवै चिकित्सकले पीसीआर परीक्षण गराएका थिए । अहिले संक्रमित दुवै डाक्टरको सम्पर्कमा आएका व्यक्तिहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ को काम सुरु गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार