घुस लिएको अभियोगमा मुद्दा

Corona-Ad-Raptisonari

घुस लिएको अभियोगमा मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढोरपाटन नगरपालिका बाग्लुङका इञ्जिनीयर मिलन अधिकारीविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उपभोक्ता समितिबाट भएको सडक निर्माणसम्बन्धी योजनाको भुक्तानी दिएवापत अधिकारीले विभिन्न बहाना बनाइ घुस मागेको पाइएको आयोगले जनाएको छ।इञ्जिनीयर अधिकारीले सेवाग्राहीबाट एक लाख रूपैयाँ घुस माग गरेको पाइएकाले आयोगको पोखरा कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो।

आयोगले आरोपी इञ्जिनीयरलाई बिगोअनुसारको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए। यस्तै आयोगले आजै घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्ज बाँकेका उद्योग अधिकृत हुकुमबहादुर ओलीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार ठेक्कापट्टाको अनुमतिपत्र बनाइदिने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु ९६ हजार ३०० घुस माग गरेको पाइएको छ। आयोगले आरोपी उद्योग अधिकृत ओलीविरुद्ध बिगोअनुसारको कारवाहीको माग गरेको छ। रासस

Dunduwa Ad
Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार