थप ७८ जनामा कोरोना सङ्क्रमण

थप ७८ जनामा कोरोना सङ्क्रमण

काठमाण्डौ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार थप ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश २ मा ७० जना र गण्डकी प्रदेशमा ८ गरी ७८ जनामा सङ्क्रमण पुष्टि भएको हो । प्रदेश २ को वीरगञ्जमा रहेको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २१ जना महिलासहित ७० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

जसमध्ये पर्साका ६५ जना र बाराका ५ जना रहेका अस्पतालले जनाएको छ । सङ्क्रमण पुष्टि भएकामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी पनि परेका छन् । यस्तै गण्डकी प्रदेशमा थप ८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालिकाका ४ जना तथा बाग्लुङ र तनहुँका दुईरदुई जना गरी ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।

योसँगै नेपालमा संक्रमितको संख्या २३ हजार ३ सय ८८ पुगेको छ । तर आज सङ्क्रमण पुष्टि भएकाको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार