भूमे गाउँपालिकाका स्थानीय जुटे सरसफाई अभियानमा

भूमे गाउँपालिकाका स्थानीय जुटे सरसफाई अभियानमा

संगम देबकोटा ,रुकुम पूर्व १३ पुस
रुकुम पूर्व भूमे गाउँपालिकाको विभिन्न वडाहरुमा सरसफाइले गति लिन थालेको छ । स्वास्थ्य नै धन हो भन्ने हेतुले भूमे गाउँपालिकाको १ ,२, ३, ६ र ७ वडाहरुमा सरसफाइलाई अभियान कै रुपमा लिन थालिएको हो ।

विकास निरन्तर प्रक्रिया हो मानव सभ्यताको शुरुवात देखी आजको दिनसम्म आइपुग्दा समाजमा धेरै परिवर्तन आइसकेकोे छ । आफनै क्रियाशिलता विनाको विकास संभव छैन भन्ने यर्थाथलाई आत्मसाथ गर्दै सम्पूर्ण समुदायहरु सकरात्मक परिवर्तनका लागी एक्येबद्धताका साथ अघि बढेका छन ।


विगतमा विशेष गरेर शिक्षा , स्वास्थ्य , खानेपानी , यातायात , सञ्चारको विकासको लागी प्रयत्नशील समाज सरसफाइका क्षेत्रमा भने आफनो तर्फबाट गर्न सकिने सम्मको पनि पहल नगर्दा न्यून सरसफाइका कारणले लाग्ने झाडापखाला लगाएतका पानीजन्य रोगबाट बर्षेनी अर्बौको क्षति व्यहोर्दै आइरहेको यि र यस्तै रोगहरुबाट बच्न सबै लाग्नु पर्ने जरुरी देखिन्छ ।

पछिल्लो चरणमा हेर्ने हो भने प्रत्येक हप्ताको शनिबार विभिन्न वडाहरुको विभिन्न टोलहरुमा टोल विकास संस्थाका पदाधिकारीहरु र समुदाय स्तरका मानिसहरु एक हातमा कुँचो र अर्को हातमा फोहोर टिपी सरसफाइ गरिरहेको देख्न सक्न्छि । सफा स्वच्छ र हरियाली भूमे बनाउँने उद्देश्यले स्थानिय बासीहरु अरु कामलाई थाति राखेर पनि सरसफाइमा जुटीरहेका छन ।

सरकारले नेपाललाई खुला दिसा मुक्त गरे सँगै नेपाललाई सन् २०३० सम्म पूर्ण सरसफाइ युक्त बनाउँने लक्ष्यलाई भूमे गाउँपालिकाले पनि पछ्याउदै गईरहेको छ । आफनो गाउँ आफै सफा र स्वच्छ बनाउँन स्थानिय सरकार, विभिन्न सरोकारवाला निकायहरु र स्थानिय सर्वसाधारणहरु सरसफाइमा लागी रहेको भूमे गाउँपालिका वडा नम्वर १ का वडाध्यक्ष राम चन्द्र पनले बताउनुभयो ।


आफनो गाउँमा रहेका पलाष्टिकजन्य फोहोर, कुहिने नकुहीने फोहोर व्यवस्थापन गर्ने , शौचालयको निर्माण तथा प्रयोग , साबुन पानीले हातधुने व्यवस्था , भाडा माझने जुठ्याल्लो भाडा सुकाउने चाङ लगाएका सरसफाइका कुराहरुको सल्लाह सुझाव दिइरहेको समेत अध्यक्ष पुनले बताउनुभयो ।

पूर्ण सरसफाइका ७ सुचकहरु पार गरेपछि टोल वा वडालाई नै पूर्ण सरसफाइ सुधार वडा घोषणा गर्ने प्रावधान रहेको छ । यस अघि पनि भूमे गाउँपालिकाको वडा नम्वर ३ का मोरावाङ र सिमा टोल पूर्ण सरसफाइ सुधार टोल घोषणा गरिसकिएको छ । यस आर्थिक वर्षको बैशाख मसान्त सम्म अन्य वडाहरुलाई पनि पूर्ण सरसफाइ सुधार वडाहरु घोषणा गर्ने तयारी भईरहेको छ । उक्त पूर्ण सरसफाइ कार्यक्रम भूमे गाउँपालिकाको आर्थिक सहयोग र रुकुमेली समाज विकास केन्द्र रुकुमको साझेदारीमा संचालन गरिएको बताइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार