पाल्पामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

पाल्पामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौँ । पाल्पाको निस्दीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । निस्दीको ज्यामिरेबाट गल्धातर्फ जाँदै गरेको लु १ ज २८८७ नम्बरको जिप गल्धाको पटकसर नजिकै मंगलबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा थप ६ जना घाइते भएका छन् ।

जिप दुर्घटनामा परी निस्दी गाउँपालिका-५, गल्धा गाँवुडाँडाका ६३ वर्षीय ठकुरप्रसाद फाल र निस्दी-४, मित्याल काफलका ३ महिने नाम नखुलेका बालकको घटना स्थलमै मृत्यु भएको हो ।

निस्दी रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रहरी हवल्दार मनिराम यादवका अनुसार दुर्घटनामा परी ७ जना घाइते भएका छन् । घाइते हुनेहरूमा निस्दी-५, गल्धाका ३८ वर्षीया सुमित्रा सारु, ३६ वर्षीया सेरमती सारु, २० वर्षीया लक्ष्मी सारु र ३७ वर्षीया तिलकुमारी सारु रहेका छन् ।

त्यस्तै निस्दी- ४, मित्याल झ्यालतुङका २५ वर्षीया सृजना गाहा र निस्दी मित्यालकै, २२ वर्षीया विष्णुमाया सारु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको उद्दार गरेर उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएकाे छ । दुर्घटनापछि चालक र सहचालक भने फरार रहेका छन् । जिप सडकदेखि करिब ७ सय मिटर तल खसेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार