भदौ १ गतेदेखि कम्पनी रजिस्ट्रारको काम अनलाइनबाटै

भदौ १ गतेदेखि कम्पनी रजिस्ट्रारको काम अनलाइनबाटै

काठमाण्डौ । भदौ १ गतेदेखि कम्पनी रजिस्ट्रारको कार्यालयबाट हुने सेवा अब घरमै बसेर गर्न सकिने भएको छ । अनलाईनमार्फत कम्पनी दर्ता गर्न सकिने व्यवस्थासहितको प्राविधिक तयारी पुरा भएको कम्पनी रजिष्ट्रार कार्यालयका प्रवक्ता एवं उप-रजिष्ट्रार तुल्सीराम गैरेले जानकारी दिए ।

बुधबार एक सूचना जारी गदै कार्यालयले सेवा प्रवाहलाई छिटो छरितो बनाउने उद्देश्यले भदौ १ गतेदेखि अनलाइनमार्फत पेस गरिएका कागजातलाई नै आधिकारिक मानेर काम गरिने हुँदा प्रस्तावित प्रबन्धपत्र र नियमावलीको दुई प्रति बाहेक अन्य कागजी विवरण आवश्यक नपर्ने उल्लेख गरिएको छ ।

यसरी दर्ता भएका कम्पनीको छुट्टै कागजी फाइल नबनाउने र अर्को पटक काम गर्दा अनलाइनबाट नै पेस गरिएका विवरण र विद्युतीय अभिलेखलाई आधार मानिने उप-रजिष्ट्रार गैरेले बताए । यस्तै सबै खाले नयाँ/पुराना कम्पनीले अब कम्पनी ऐन २०६३ अनुसार कार्यालयमा बुझाउनु पर्ने वार्षिक विवरण, लेखापरीक्षण प्रतिवेदन लगायतका सबै विवरण अनलाइनबाट मात्रै बुझाउनु पर्नेछ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार