भदौ ५ गतेसम्म बुटवलमा लकडाउन

भदौ ५ गतेसम्म बुटवलमा लकडाउन

काठमाडौँ । समुदायस्तरमा कोरोना संक्रमण फैलिदै गएपछि बुटवलमा भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय भएको छ । नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको वैठकले साउन २९ गते राति ११: ४५ देखि भदौ ५ गते राति ११ : ४५ सम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कूलबहादुर केसीको उपस्थितिमा सम्पन्न बैठकले बुटवलदेखि बाहिर जाने तथा बुटवल भित्रिनेहरुका लागि २४ घण्टाको समय दिएर लकडाउन गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

लकडाउन अवधिमा स्वाथ्य क्षेत्र, खाद्यान्न, दुग्ध तथा तरकारी ढुवानी जस्ता अत्यावश्यकीय सेवा सञ्चालनमा आउन दिइने छ भने बुटवल हुँदै चल्ने लामो दुरीका सवारीका साधनलाई बुटवलमा यात्रु ओराल्न नपाउने गरी सञ्चालन गर्न दिइने वैठकले निर्णय गरेको छ ।

लकडाउन अवधिमा उपमहानगर तथा सबै वडाबाट हुने अत्यावश्यकीय बाहेकका सबै सार्वजनिक सेवा बन्द गरिने भएको छ । नगरभित्रका बैंक तथा वित्तिय संस्थाहरुले आफ्ना कर्मचारीका ५० प्रतिशत कर्मचारी मात्रै उपस्थित हुने गरी कार्यालय सञ्चालन गर्न पाउने छन् । लकडाउन अवधिमा सार्वजनिक, निजी तथा सरकारी सवारीका साधन समेत अत्यावश्यक काममा बाहेक सञ्चालन गर्न पाइने छैन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार