सिद्धार्थ बैंकद्वारा सरकारको कोरोना कोषमा २ करोड ६७ लाख सहयोग

सिद्धार्थ बैंकद्वारा सरकारको कोरोना कोषमा २ करोड ६७ लाख सहयोग

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रहेको दुई करोड ६७ लाख २७ हजार नौ सय २९ रुपैयाँ नेपाल सरकारको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई हस्तान्तरण गरेको छ । उक्त रकम बुधबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहका बीच बैंकका अध्यक्ष मनोज कुमार केडियाले अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरे ।

उक्त अवसरमा अर्थमन्त्री डा. खतिवडाले बैंकलाई धन्यवाद ज्ञापन गर्दै बैंकको तर्फबाट प्रदान गरिएको यो सहयोग नै हालको परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्वको सबैभन्दा राम्रो उदाहरण भएको बताउँदै प्राप्त रकमको सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा नै सदुपयोेग गर्ने बताए ।

यस अघि पनि बैंकले प्रदेश सरकार तथा विभिन्न स्थनीय तहलाई गरीरु ७६ लाख २४ हजार ६ सय २० सहयोग प्रदान गरिसकेको छ । यसरी कोरोना भाइरस संक्रमण रोकथाममा बैंकले हालसम्म कुल रु ३,४३,५२,५४९ तिन करोड ४३ लाख ५२ हजार पाँच स४९ सहयोग प्रदान गरेका छ । यसरी प्रदान गरिएको रकमबाट कोरोनाभाइरस संक्रमण रोेकथाम तथा उपचारकाका लागि ठूलो सघाउ पुग्ने बैंकले विश्वास लिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार