सूचना विभागद्वारा अनलाइन दर्ता र प्रेस पास नवीकरण स्थगित

सूचना विभागद्वारा अनलाइन दर्ता र प्रेस पास नवीकरण स्थगित

काठमाडौँ । सूचना तथा प्रसारण विभागले पत्रकारहरूको नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र जारी र नवीकरणका काम तत्कालका लागि स्थगित गरेको छ। हाल कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढिरहेकोले अर्को निर्णय नभएसम्म कार्यालयबाट उपलब्ध हुने सेवाहरु हाललाई स्थगित गरिएको विभागले जनाएको छ ।

अनलाइन सञ्चारमाध्यमतर्फ नयाँ र पुन दर्ता तथा नवीकरण र प्रसारणतर्फको सेवा प्रवाह गर्दा व्यक्ति स्वयम् विभागमा उपस्थित हुनुपर्ने भएकोले विभागको उपरोक्त सेवा अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न तत्काल सम्भव नहुनाले सेवा स्थगित गर्नुपरेको शाखा अधिकृत बसन्तबहादुर खत्रीले बताए।

साउन २६ को मन्त्रिपरिषद बैठकले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन निर्देशन दिए पनि विभागले उक्त व्यवस्था मिलाएको छैन। उक्त व्यवस्था मिलाउन विभाग क्रियाशील रहेको बुधबार जारी सूचनामा उल्लेख छ।

‘साउन २६ को मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारको अर्को निर्णय नभए सम्मका लागि हाललाई उपरोक्त सेवा प्रवाह स्थगित गरिएको छ,’ विभागले निकालेको सूचनामा भनिएको छ, ‘सेवाग्राहीमा पर्न गएको असुविधाप्रति विभाग क्षमाप्रार्थी छ।’ विभागले श्रमजीवी पत्रकारले प्रेस रजिष्ट्रारसमक्ष दिने उजूरी र सोसम्बन्धी कामलाई भने निरन्तरता दिने भएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार