सल्यानको दार्मामा पहिरोले ३ घर बगायो

सल्यानको दार्मामा पहिरोले ३ घर बगायो

सल्यानमा पहिरोले तीन घर बगाएको छ । सल्यानको दार्मा गाउँपालिका वडा नम्बर ६ का दुई घर र वडा नम्बर ४ का १ घर पहिरोले घर बगाएपछि तीन घर परिवार विस्थापित भएका छन । यस क्षेत्रमा पहिराका कारण ३० घर परिवार र तीन विद्यालय जाखिममा रहेका छन् ।

पहिरोले घर बगाएपछि वडा नम्बर ६ का टिके कामी, विमला बुढाथोकी र वडा न ४ का निराजन विकको परिवार अहिले अन्यत्र ठाउँमा बस्दै आएका छन । विस्थापित सबैलाई सुरक्षित स्थानमा राखिएको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए । पहिरोले वडा न ४ का २, वडा न ६ का ४, वडा न ५ का १, वडा न २ को १ र वडा न १ को १ घर गरी ९ घरमा क्षति पुयाएको छ । ९ घरमा क्षति पुयाए पनि तीन घर भने बस्न नमिल्नेगरी क्षति पुगेको केसीले बताए ।

यस्तै गाउँपालिकाले उच्च जोखिममा रहेका घरको पहिचान गरी आवश्यक सुरक्षा सर्तकता अपनाउन आग्रह गरिएको अध्यक्ष केसीले बताए । पहिराले घर क्षति भएका परिवारलाई त्रिपाल, केहि दिनको लागि खानेकुरा वितरण गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार