४६० कोरोना संक्रमित होम आइसोलेसनमा

४६० कोरोना संक्रमित होम आइसोलेसनमा

प्रतिकात्मक तस्बिर

काठमाडौं । नेपालमा ४६० जना कोरोना भाइरसका संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश १ मा ७२ जना, प्रदेश २ मा ९८, बागमती प्रदेशमा ३६ जना होम आइसोलेसनमा छन्।

गण्डकी प्रदेशमा भने एक जना पनि होम आइसोलेसनमा नभएको मन्त्रालयले जनाएको छ। त्यस्तै प्रदेश ५ मा १४५ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिममा १०७ जना होम आइसोलेसनमा छन्।

मन्त्रालयका अनुसार कोभिड–१९ को उपचारका लागि नेपालमा जम्मा ९४२ आइसियु र ४९६ भेन्टिलेटर छन्। प्रदेश १ मा आइसियुको संख्या ४३, प्रदेश २ मा ४५, बागमतीमा ६३०, गण्डकीमा १३७, प्रदेश ५ मा २९, कर्णालीमा ४० र सुदूरपश्चिममा १८ छ ।

प्रदेश १ मा भेन्टिलेटरको संख्या १९, प्रदेश २ मा १७, बागमतीमा ३६१, गण्डकीमा ५९ प्रदेश ५ मा १३ कर्णालीमा १७ र सुदूरपश्चिममा १० गरी जम्मा ४९६ छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार