कोशी अस्पतालको आइसोलेसनमा एक कोरोना संक्रमितको मृत्यु

कोशी अस्पतालको आइसोलेसनमा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । बिहीबार राति कोशी अस्पताल विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सिराहको विष्णुपुर गाउँपालिका– १ घर भएका ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

गम्भिर अवस्थामा कोशीमा भर्ना भएका उनलाई बिहीबार नै कोरोना पोजेटिभ देखिएको थियो । बिहीबार राति करिब सवा ८ बजे उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । बिहीबार कोशी अस्पताल भर्ना भएका उनमा श्वासप्रश्वास र निमोनियाको समस्या थियो । उनको शरीरमा रगतको कमी पनि देखिएको डा. दासले बताए ।

उनको बिहीबार दिउँसो स्वाब संकलन गरिएको थियो । कोरोना पोजेटिभ देखिएपछि ती पुरुषलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउन खोजिएको थियो । तर धरानले बेड खाली नभएको बताएपछि कोशी अस्पतालको आइसोलेसनमै राखिएको थियो । योसँगै मोरङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ । ९ मध्ये ६ जनाको कोशी अस्पतालमै मृत्यु भएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार