उपत्यकामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि

उपत्यकामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उत्यकाका विभिन्न प्रयोगशालाहरूमा गरिएको परीक्षणमा १ सय १९ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा १ सय १९ जनामा संक्रमण पुष्टि भएको जनाए।

मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौंका ८३, ललितपुरका ३० र भक्तपुरका ६ जना छन्। यस्तै आज नेपालमा कोरोनाका ५ सय ९४ संक्रमित थपिएका छन्। यीसहित हालसम्म संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार