गण्डकीमा थप १० जनामा कोरोना संक्रमण

गण्डकीमा थप १० जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशका शनिबार ६ जिल्लामा थप १० जना कोरोना संक्रमित फेला परेका छन् । कास्कीमा ३ जना, तनहुँ र बाग्लुङमा २–२ जना तथा गोरखा, स्याङ्जा र पूर्वी नवलपरासीमा १–१ जना कोरोना संक्रमित फेला परेका हुन् ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँको भानु नगरपालिका वडा नं. २ र ४ मा एक–एक जना पुरुषमा, कास्कीको पोखरा महानगरपालिकाको वडा नं. ५ मा एक जना र वडा नं. ८ मा दुई जना, वडा नं. ८ मा एक महिनामा संक्रमण पुष्टि भएको हो । यस्तै बागलुङको बागलुङ नगरपालिका वडा नं. ३ मा १ जना र बडिगाड गाउँपालिका–६ मा १ जना गरी दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गोरखाको गोरखा नगरवपालिकामा ४७ वर्षीया एक महिलामा पनि कोरोना संक्रमण पाइएको छ । उनको वडा नं. खुलेको छैन । यस्तै स्याङजाको पुतलीबजार नगरपालिका वडा नं. १३ मा ३० वर्षीय पुरुष र पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–८ मा ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना पुष्टि हुनेहरुको संख्या १ हजार ६ सय ९२ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार