मकवानपुरमा थप २० जनामा कोरोना संक्रमण

Corona-Ad-Raptisonari

मकवानपुरमा थप २० जनामा कोरोना संक्रमण

काठमाडौँ । मकवानपुरमा शनिबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा २० जनामा कोरोना पुष्टि भएको हो।

संक्रमित हुनेहरुमा हेटौंडा उपमहानगरका १२ जना र मनहरी गाउँपालिका वडा नम्बर ७ का एक जना पुरुष रहेका छन्। त्यस्तै, पर्सा घर भई हेटौंडा बस्दै आएका ४ जना, बारा घर भएका १ जना, रौतहट घर भएका १ जना र उदयपुर घर भएका १ जनामा कोरोना पोजेटिभ देखिएको हो।

हेटौंडाको वडा नम्बर ८ का ३ जना, वडा नम्बर ४ का ३ जना, वडा नम्बर ६ का २ जना तथा वडा नम्बर ३, १०, ५ र १८ का एम÷एक जनामा कोरोना पुष्टि भएको हो। २० जना संक्रमित मध्ये १७ जना पुरुष र ३ जना महिला हुन्।

Dunduwa Ad
Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार