शनिबार ४६८ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार ४६८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या १०३ पुगेको छ ।  अहिलेसम्म  १७ हजार २०१ जना कोरोना भाइरस निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेष्ट ५ लाख नागेको छ । हालसम्म ५ लाख ५ हजार ६६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार