कृषकलाई सहुलियत ऋणको व्यवस्था गरिने

कृषकलाई सहुलियत ऋणको व्यवस्था गरिने

सल्यान । कर्णाली प्रदेशका भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले कृषि क्षेत्रको विकासका लागि कृषकलाई ब्याज अनुदान, सहुलियत ऋण र विपन्न वर्ग लक्षित कार्यक्रम सञ्चालन गरिने बताएकी छन् ।

शनिबार सल्यान खलंगामा आयोजित मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रममा मन्त्री केसीले कृषिमा ब्यवसायिकरण, नयाँ प्रविधि र यान्त्रिकरणमा जोेड भन्दा कृषि र कृषकलाई हेर्ने सोचमा समस्या रहेको बताइन । उनले भनिन ‘कृषि पेशालाई मर्यादित र सम्मानित पेशाको रुपमा नलिएसम्म कृषि क्षेत्रमा परिवर्तन देख्न सकिदैन । परिश्रम, मेहनत गर्नेलाई सम्मान गर्ने संस्कार विकास गर्न आवश्यक छ ।’

कृषि मन्त्रालयले कृषकले उत्पादन गरेको बालीको न्यूनतम समर्थन मूल्य कायम गर्ने र विमाको आधारमा कृषिकलाई पेन्सनको तयारीमा रहेको समेत बताइन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार