अवैध युरिया मलसहित दाङमा एक व्यापारी पक्राउ

अवैध युरिया मलसहित दाङमा एक व्यापारी पक्राउ

दाङको तुलसीपुरबाट प्रहरीले ५६ बोरा अवैध भारतीय युरिया मलसहित एक व्यापारीलाई पक्राउ गरेको छ। अवैध भारतीय यूरिया मल बिक्री भैरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा हान्दा शनिबार साँझ साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ७ शिवनगर टोलमा रहेको आचार्य ट्रेडसबाट अवैध ५६ बोरा यु्रिया मल बरामद गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिएका छन्।

‘तुलसीपुरको शिवनगरमा गौरा न्यौपानेले सञ्चालन गरेको आचार्य टेडसबाट अबैध भारतीय युरिया मल बिक्री बितरण भइरहेको भन्ने गोप्य सुचनाका अधारमा जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले छापा मारेको थियो,’ प्रहरी प्रमुख सिंहले भने, ‘संयुक्त प्रहरी टोलीले पसलमा माछा मार्दा पसल सञ्चालकसँग मल खरिद गरेको आवश्यक कागजपत्र नभेटिएपछि पसल सिल गरेर सञ्चालकलाई नियन्त्रणमा लिएका हौं।’ उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको उनले बताए।

भारतबाट भन्सार नतिरी अवैध तरिकाले भित्राएको मल आइतबार भन्सार कार्यालय पठाउने समेत डिएसपी सिंहले जानकारी दिएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार