यस कारण बर्खास्त भएका सेनाका जर्नेल र कर्नेल

यस कारण बर्खास्त भएका सेनाका जर्नेल र कर्नेल

काठमाडौँ । सम्पत्ति र अनुशासन तथा आचारणसम्बन्धी कसुरमा नेपाली सेनाका जर्नेल र कर्नेलसहित तीन जना बर्खास्त भएका छन्। समरी जनरल सैनिक अदालतले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसुर गरेको आरोपमा तीन जनालाई सैनिक सेवाबाट हटाउने फैसला गरेको हो।

सैनिक सेवाबाट हट्नेहरुमा सहायक रथी प्रयोग जबरा, महासेनानी नविन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मा छन्। त्यस्तै सह सेनानी लक्ष्मीकान्त खनाल,सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह घटुवा गर्ने फैसला पनि सैनिक अदालतले गरेको छ।

सह सेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत दिइएको छ भने महासेनानी राजेन्द्रमणी गिरी र अवकास प्राप्त लेखा सुवेदार कर्मचारी नवराज पाण्डेलाई सफाई दिने फैसला भएको छ।

सैनिक प्रवक्ता सन्तोष बल्लब पौडेलका अनुसार सहायक रथी राणाबाट १ करोड ५२ लाख २७ हजार ३ सय २१ रुपैयाँ र महासेनानी सिलवालबाट १५ लाख ७९ हजार ४ सय ८० रुपैयाँ असुल हुनेछ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार