भाेलिदेखि देशका धेरै ठाउँमा चिसो बढ्ने, बिहीवार र शुक्रबार वर्षासँगै हिमपातको सम्भावना

भाेलिदेखि देशका धेरै ठाउँमा चिसो बढ्ने, बिहीवार र शुक्रबार वर्षासँगै हिमपातको सम्भावना

काठमाण्डाै – मंगलबारदखि देशका धेरै ठाउँमा चिसो बढ्ने मौसमविद्ले बताएका छन् । अहिले जम्मू-कश्मीरमाथि रहेको पश्चिमी न्यून चापीय प्रणाली पूर्व सर्ने क्रममा रहेको र यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा साेमबार रातिसम्ममा प्रवेश गर्ने देखिएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

उहाँका अनुसार यही प्रणालीका कारण मंगलबार देशको पश्चिमी उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना छ । यो प्रणाली बुधाबार बेलुकीसम्म अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली क्षेत्रमासमेत भारी हिमपात हुने उहाँले बताउनुभयो ।

यो प्रणालीका कारण बुधबार र बिहीबार देशैभरी बदली भई तापक्रम घट्ने र देशैभरी चिसो बढ्ने अनुमान रहेको मौसमविद् कँडेलले बताउनुभयो ।

यस्तै, यही प्रणालीका कारण आउँदो बिहीवार र शुक्रबार केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । देशभर तापक्रम घट्ने सम्भावना रहेकाले हिमपात र चिसोबाट जोगिन सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेकाे छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार