बाबुको मुख हेर्ने दिन र तीजमा जमघट नगर्ने वडा कार्यालयको अनुरोध

बाबुको मुख हेर्ने दिन र तीजमा जमघट नगर्ने वडा कार्यालयको अनुरोध

काठमाडौँ । कोरोना संक्रमण दर बढ्दै गएपछि गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिका वडा नं ७ ले बाबुको मुख हेर्न र हरितालिका तीजको समयमा कोहि कसैपनि हुन आउने जाने, जमघट गर्ने कार्य नगरिदिन वडाबासीलाई अनुरोध गरेको छ ।

भदौ ३ गते बाबुको मुख हेर्ने दिन र भदौ ५ गते हिन्दु नेपाली नारीहरुको ठूलो पर्व तीज पर्छ । वडा अध्यक्ष नारायण श्रेष्ठले सोमबार सूचना प्रकाशित गरेर कोरोना महामारीको जोखिमको बेलामा जमघट गरेर जोखिम बढाउन नहुने बताएका छन । यस वडामा अहिलेसम्म एक जनामा पनि कोरोना संक्रमण देखिएको छैन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार