कोरोना भाइरस उपचार कोषमा नबिल बैंकद्धारा छ करोड सहयोग

कोरोना भाइरस उपचार कोषमा नबिल बैंकद्धारा छ करोड सहयोग

काठमाडौँ । नबिल बैंकले नेपाल सरकारको कोरोना भाइरस उपचार कोषलाई छ करोड रूपैयाँको सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि खडा गरिएको कोषमा छ करोड रूपैयाँ हस्तान्तरण गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले सो रकमको चेक अर्थमन्त्री युवराज खतिवडालाई आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरेका हुुन् । उक्त कार्यक्रममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका संयोजक श्री निर्वाण चौधरीको पनि उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार