आज सुनको भाउ तोलामा २२ सय रुपैयाँ

आज सुनको भाउ तोलामा २२ सय रुपैयाँ

काठमाण्डौ । मंगलबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा २ हजार २ सय रुपैयाँ बढेर तोलाको एक लाख ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा दुई सय रुपैयाँ घटेर सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा ६५ रुपैयाँ बढेर तोलाको १ हजार ३ सय ८० रुपैयाँ पुगेको छ । हिजो चाँदी तोलाको एक हजार ३ सय १५ रुपैयाँ थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार