अन्त:शुल्क लाइसेन्स नवीकरणकाे म्याद २ महिना थप

अन्त:शुल्क लाइसेन्स नवीकरणकाे म्याद २ महिना थप

काठमाडौं । अर्थ मन्त्रालयले अन्त:शुल्क इजाजत नवीकरणको म्याद दुई महिना थप गरेको छ। अन्त:शुल्क ऐन २०५८ को व्यवस्थाअनुसार साउनभित्र गर्नुपर्ने इजाजत नवीकरणको समय असोज मसान्तसम्म थपिएको हो। कोरोना संक्रमणको जोखिम बढेको भन्दै विभागले नविकरण गर्ने म्याद थप गरेको जानकारी दिएको छ।

अन्त:शुल्क ऐन २०५८ को दफा ९ को उपदफा ५ बमोजिम अन्त:शुल्क इजाजतपत्र हरेक वर्ष श्रावण महिनाभित्र नवीकरण गरिसक्नु पर्ने व्यवस्था रहेकोमा हाल काेराेना भाइरसका कारण सिर्जित असहज परिस्थितमा उक्त अवधि २०७७ असोज मसान्तसम्म थप गरिएको विभागले जनाएकाे छ।

आन्तरिक राजस्व विभागका निर्देशक दुर्गादत्त भण्डारीले अन्त:शुल्क लाग्ने वस्तुको थोक तथा खुद्रा कारोबार गर्ने व्यवसायीलाई धेरै समस्या आउने अवस्था आएकाले इजाजत नवीकरण गर्ने समयावधि थपिएको बताए।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार