कक्षा ११ मा नयाँ पाठ्यक्रम

Corona-Ad-Raptisonari

कक्षा ११ मा नयाँ पाठ्यक्रम

काठमाडौँ । कक्षा ११ मा भर्ना कहिले खुल्ने अनिश्चित छ । पाठ्यक्रम विकास केन्द्रले भने कक्षा ११ मा यसपटकबाट नयाँ पाठ्यक्रमका आधारमा पठनपाठन हुने जनाएको छ । कक्षा १ मा यस वर्षदेखि नै नयाँ पाठ्यक्रम लागू भएको छ । कक्षा ११ मा पनि संकाय प्रणाली अन्त्य गर्दै ६ विषयको पठनपाठन हुने पाठ्यक्रमको प्रारूप तयार भएको छ ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले नयाँ पाठ्यक्रमका आधारमा पठनपाठन गराउन स्वीकृति दिइसकेको छ । ३ अनिवार्य र ३ ऐच्छिक विषयको व्यवस्था गरिएको छ ।

निजी विद्यालय सञ्चालकहरूले भने कोरोना संक्रमणको अप्ठ्यारो अवस्था रहेको भन्दै पुरानै पाठ्यक्रमका आधारमा पठनपाठन गराउनुपर्नेमा जोड दिँदै आएका छन् ।

केन्द्रका महानिर्देशक केशव दाहालले यसै शैक्षिक सत्रदेखि लागू हुने गरी अनिवार्य र ऐच्छिक विषयहरूको पाठ्यक्रम निर्माण र स्वीकृत गर्ने काम भइरहेको जनाए । कतिपय विषयको पाठ्यपुस्तक छपाइसमेत भइरहेको छ । भदौ अन्तिमसम्म सबै विषयका पाठ्यपुस्तक तयार भइसक्ने केन्द्रले जनाएको छ ।

Dunduwa Ad
Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार