भोलिदेखि काठमाडौं उपत्यकामा भदौ १० गतेसम्म निषेधाज्ञा

भोलिदेखि काठमाडौं उपत्यकामा भदौ १० गतेसम्म निषेधाज्ञा

काठमाडौं । भोली देखि काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लगाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए । मंगलबारमात्रै राजधानीमा २ सय ५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न पाइने छैन । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी संचालन गर्न पाइने छैन । निषेधाज्ञा अवधिभर सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिनेछ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार