सुनको मूल्य तोलामा ७३ हजार ५०० पुग्यो

सुनको मूल्य तोलामा ७३ हजार ५०० पुग्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

सोमबार तोलामा ७३ हजार ३०० मा कारोबार भएको सुनको मूल्य मंगलबार ७३ हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी ७३ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी तोलामा रु ८९० मा कारोबार भएको छ । सोमबार चाँदी तोलामा रु ८८५ रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्यमा वृद्धि हुनु, नेपाली सुनको भन्सार दर बढ्नुलगायतका कारण सुनको मूल्यमा लगातार वृद्धि भएको हो ।

नयाँ आर्थिक वर्ष सुरु हुँदा पाँच हजार रुपैयाँ भन्सार दर तोकिएको थियो भने गत असोजमा पुनः बढाएर छ हजार पाँच सय रुपैयाँ पु-याइएको छ

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार