कर्णालीमा प्रदेश सांसदसहित ४३ जनामा कोरोना संक्रमण

कर्णालीमा प्रदेश सांसदसहित ४३ जनामा कोरोना संक्रमण

सुर्खेतस्थित प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट बुधबार थप ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले कर्णाली प्रदेशसभाका एकजना सांसदलाई समेत कोरोना देखिएको छ । ५३ वर्षीय सा‌सदले जनस्वास्थ्य कार्यालय सुर्खेतमै स्वाब दिएका थिए ।

थपिएका संक्रमितमध्ये सल्यानका १७, सुर्खेतका १० जना, जुम्लाका ९ जना, दैलेखका ४ जना, बाँके, डोल्पा र कास्कीका एक/एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक बृषबहादुर शाहीले जानकारी दिए ।

महाशाखाका अनुसार सल्यानको वनगाड कुपिन्डे नगरपालिका वडानम्बर १,२,३,४ र ५ का १० महिने बालक, ५ जना महिला र ११ जना पुरुष रहेका छन् ।

त्यस्तै सुर्खेतको चौकुने गाउँपालिका वडा नं. ३, ४ र ५ का ५ जना महिला र वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ की एक महिला र ४ जना पुरुष रहेका छन् ।

जुम्लाको हिमा गाउँपालिका वडा नम्बर १, ३, ४, ५ र ७ का एक महिला र ६ जना पुरुष, सिँजा गाउँपालिका-५ का एक पुरुष र चन्दननाथ नगरपालिका-१ का ६० वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।

दैलेखको दुल्लु नगरपालिका-६, एकजना पुरुष, चामुण्डा बिन्द्रासैनी नगरपालिका वडानम्बर ३ र ७ का दुई वर्षीय बालक र २२/२२ वर्षका युवकयुवती रहेका छन् ।

डोल्पाको जगदुल्ला गाउँपालिका-५ का एकजना पुरुष, कास्कीको मादी गाउँपालिका-३ का एकजना पुरुष र बाँकेको बैजनाथ गाउँपालिका-३ का एक पुरुषमा पनि संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २१३० पुगेको छ ।

हालसम्म कर्णाली प्रदेशमा डिस्चार्ज हुनेको संख्या १९०८ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार