भदौमा तुलसीपुर उपमहानगरपालिकाको वार्षिक योजना क्यालेन्डर

भदौमा तुलसीपुर उपमहानगरपालिकाको वार्षिक योजना क्यालेन्डर

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले भदौ महिनाभित्र चाल आर्थिक वर्षमा सञ्चालन हुने सम्पूर्ण वडा र नगरस्तरिय योजनाहरुको क्यालेन्डर वनाउने भएको छ । समयमै योजनाको डिपिआर र लगत स्टिमेट नबनेका कारण वर्षको अन्तमा मात्रै योजना सम्पन्नको चटारो हुने भएको भन्दै उपमहानगरपालिकाले यस्तो योजना अगाडी सारेको हो ।
उपमहानगरपालिका भित्र रहेका प्राविधिकहरुलाई निर्देशन दिदै नगरप्रमुख घनश्याम पाण्डेले सबै योजनाको तत्काल क्यालेन्डर वनाउन आग्रह गरेको हुन् । “हामीले वर्षभरी योजनाहरुलाई के कसरी अगाडी वढाउने भन्ने कुरा पहिले नै तयार गर्नुपर्दछ, विना क्यालेन्डर जति हिडेपनि कहि पुग्न सकिदैन” नगरप्रमुख पाण्डेले भने । उनले जनशक्तिका हिसाबले उपमहानगरपालिका सम्पन्न भएको उल्लेख गर्दै काममा प्रतिफल देखाउन सबैलाई अनुरोध गरे ।

उपमहानगरपालिकामा १६ जना सिभिल इन्जिनियर, १२ जना सब इन्जिनियर, १६ जना असिस्टेन्ट सब इन्जिनियर र १२ वटा अमिन रहेका छन् । अहिले हरेक वडा वडामा प्राविधिक जनशक्ति पठाएर उपमहानगरपालिकाले वडाबाटै प्राविधिक काम अगाडि वढाइरहेको छ । ठूला योजनाका लागि विस्तृत परियोजना निर्माण इकाई गठन गरेर काम गर्ने पनि उनको भनाई थियो । “ समयमै योजनाको डिपिआर र प्राविधिक स्टिमेट नहुँदा जनताले दुख पाइरहेका छन्, अब यस्तो हुनु हुँदैन” उनले भने ।

उपमहानगरपालिका भित्र सञ्चालन हुने सबै योजनाको अनिवार्य रुपमा सूचना पाटी टाँस्नै पर्ने कुरामा पनि उनको जोड थियो । “योजना सानो ठूलो जुनसुकै किन नहोस् पारदर्शी ढँगले सूचना पाटी अनिवार्य टाँस्नुपर्दछ” उनले भने ।

प्राविधिकहरुले जनताबाट पैसा मागे भन्ने सुन्नमा आएको वताउँदै जनताबाट कुनै पनि बहानामा पैसा नउठाउँने निर्देशन दिए । “मैले सबैलाई भनेको छुँ , कसैले पनि पैसा माग्छ भने अख्तियारलाई फोन गर्नुहोस् भनेर ” नगरप्रमुख पाण्डेले भने । जनताको सेवाका लागि कार्यालयले सबै सुविधाको व्यवस्था गरेको हुन्छ कर्मचारीले उनीहरुसँग छुट्टै रकम माग गर्नु हुँदैन । उनले कसैले पैसा मागेमा सूचना दिन आग्रह समेत गरे ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार