पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । पाटन अस्पताल ललितपुरमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । दोलखा निवासी ३० वर्षीया महिला र सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र ललितपुरले जनाएको छ ।

दोलखाकी महिलाको यही भदौ २ गतेदेखि र सर्लाहीका पुरुषको गत साउन ३१ गतेदेखि पाटन अस्पतालमा उपचार हुँदै आएको थियो । उनीहरुको ट्राभल हिस्ट्री खुलेको छैन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार