सुदूरपश्चिममा सवारी दुर्घटना बढेको बढ्यै

Duduwa Corona

सुदूरपश्चिममा सवारी दुर्घटना बढेको बढ्यै

रासस । सुदूरपश्चिममा वर्षेनी सवारी दुर्घटना हुनेक्रम बढ्दै गएको छ । सडकको दुरावस्था, सवारीसाधनको चाप र चालकको लापरबाहीका कारण सवारी दुर्घटना हुनेक्रम बढ्दै गएको हो ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा ३८४ वटा सवारी दुर्घटना भएकोमा १४३ जनाले ज्यान गुमाएका छन् भने २५४ जना घाइते भएका थिए ।

अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा सुदूरपश्चिममा २१६ दुर्घटना भएकोमा २०२ जनाको मृत्यु हुनुका साथै १९८ जना गम्भीर तथा २३८ जना सामान्य घाइते भएको तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक वर्ष २०७४/७५ मा सुदूरपश्चिममा २६४ दुर्घटनामा १६६ जनाले ज्यान गुमाएका थिए । यस्तै १३३ जना गम्भिर तथा २०५ जना सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालयले देखाएको छ ।

सवारी दुर्घनामा परी हरेक वर्ष डेढ सय बढीले ज्यान गुमाउने गरेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ । सरकारले सवारी दुर्घटना न्यूनीकरणका विभिन्न नीति अवलम्बन गर्दै आएपनि सवारी दुर्घटना हुने क्रममा कमी आएको छैन् ।

साँघुरा सडक, क्षमताभन्दा बढी यात्रु बोक्ने, लाइसेन्सविना नै सवारीसाधन चलाउने जस्ता गतिविधिले पनि सुदूरपश्चिममा सवारी दुर्घटना बढ्दै गएको जनाइएको छ ।

पहाडी जिल्लामा साघुँरा एवं गुणस्तरहीन सडक निर्माण गरिँदा दुर्घटनाको जोखिम बढेको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्रदेशमा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले छड्के चेकजाँचदेखि ‘रिफ्रेस रेन्टर’को अभ्यास गरिरहेको छ । सवारी दुर्घटना बढ्नुको मुख्य कारण सडकको दुरवस्था, सवारीसाधनको चाप र चालकको लापरबाही रहेको जनाइएको छ ।

दुर्घटना न्यूनिकरणका लागि चालक र पैदल यात्रीहरू सजग हुनुपर्ने प्रदेश ट्राफिक प्रहरी प्रमुख श्रेष्ठको भनाइ छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

तीव्र गति, पैदलयात्रुको लापरबाही, गाडीको यान्त्रिक गडबडी, खराब मौसम र सडकमा छाएिका चौपाया पनि सवारी दुर्घटनाका मुख्य कारक भएको जनाइएको छ ।

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार