घरको छतबाट खसेर एकको मृत्यु

Duduwa Corona

घरको छतबाट खसेर एकको मृत्यु

काठमाडौँ । आफनै घरको छतबाट खसेर रुपन्देहीमा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मायाँदेवी गाउँपालिका-३ मा रहेको जगदम्बा धागो उद्योगमा काम गर्ने कमल खाम्चाको छतबाट खसेर मृत्यु भएको हो।

पाल्पाको रिब्दिकोट गाउँपालिका वडा नम्बर ८ घर भई जगदम्बा धागो उद्योगमा काम गर्ने २३ वर्षीय खाम्चाको आफू बस्ने घरको चारतला माथिको छतबाट खसेर मृत्यु भएको हो।

खाम्चाको मृत्युपछि ईलाका प्रहरी कार्यालय बेथरीको टोलीले थप अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीले जानकारी दिए।

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार