चितवनमा थप ३३ जनामा कोरोना संक्रमण

चितवनमा थप ३३ जनामा कोरोना संक्रमण

काठमाडौँ । चितवनका गरिएको परीक्षणमा थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला गरिएको नमूना परीक्षणमा भरतपुर, रत्ननगर र राप्तीका गरी २० जना र पूर्वी नवलपरासी, मकवानपुर, बारा, रौतहट, पर्सा र मकवानपुरका गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै १६ जना छन् । जसमा ७ जना पुरुष र ९ जना महिला छन् । उनीहरुको भरतपुर अस्पताल र भरतपुर सामुदायिक हस्पिटलबाट स्वाब लिइएको हो । भरतपुर–२, ७, १० र ११ नम्बर वडाका ती संक्रमितहरु ३ वर्षीया बालिकादेखि ७८ वर्षीय वृद्धसम्मका छन् ।

यस्तै, रत्ननगर नगरपालिकाका ५० वर्षीय पुरुष, राप्ती नगरपालिका–२ र ८ का ३५ र ५५ वर्षीय पुरुष तथा २६ वर्षीयामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु चितवन मेडिकल कलेजको क्वारेन्टिनमा छन् ।

यसैगरी, पूर्वी नवलपरासी, मकवानपुर, बारा, पर्सा र रौतहटका गरी ६ पुरुष र २ महिलासहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा स्वाब लिइएको हो ।

यस्तै, बाँकेको नेपालगञ्जका ५ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । ३५ देखि ४० वर्षीय संक्रमित पुरुषहरुको बागेश्वरी ल्याबाट स्वाब लिइएको थियो । चितवनमा शुक्रबार राति कुल २७० वटा नमुनाको परीक्षण भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार