बुटवलकी कोरोना संक्रमित गर्भवतीको कोहलपुरमा शल्यक्रिया

बुटवलकी कोरोना संक्रमित गर्भवतीको कोहलपुरमा शल्यक्रिया

रुपन्देही । कोहलपुर मेडिकल कलेजमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित गर्भवतीको सफल शल्यक्रिया गरिएको छ । स्त्री रोग विशेषज्ञ सहितको टोलीले शनिबार बिहान शल्यक्रिया गरेको हो ।

बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ वर्षीया उनको आइतबार एक्कासी पेट दुखेपछि प्रादेशिक अस्पताल बुटवल पुगिकी थिइन् । परीक्षणका क्रममा कोरोना रिपोर्ट पोजेटिभ आएपछि चिकित्सकले उपचारका लागि काठमाडौँ वा  नेपालगञ्ज जान सुझाएका थिए ।

उनी  कोहलपुर पुगिन् । तर चिकित्सकले तत्काल शल्यक्रिया आवश्यक नरहेको भनेर आइसोशनमा राखेर निगरानी गरिरहेका थिए । शनिबार बिहान करीब ९:३० बजे शल्यक्रियाबाट छोरी निकालिएको हो ।

शिशुको तौल साढे २ केजी रहेको र स्वास्थ्यावस्था ठीक रहेको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए । ‘भोलि कोरोना परीक्षण गर्छौँ, त्यसपछि मात्रै बच्चामा कोरोना भइरस सङ्क्रमण भए नभएको थाहा हुन्छ’ उनले भनेका छन् ।

उनकाअनुसार योसँगै मेडिकल कलेजमा सङ्क्रमित गर्भवतीको चौथो पटक शल्यक्रिया गरिएको हो । गर्भवतीका श्रीमान पनि कोरोना पोजेटिभ भएकाले आइसोलेशनमै छन् । रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार