थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि

थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।

देशभरका विभिन्न ठाउँमा रहेका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएका छन । यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् ।

यस्तै १२ हजार ६२१ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ८ हजार ७०५ संस्थागत आइसोलेसनमा छन् भने ३ हजार ९१६ जना होम आइसोलेसनमा छन् । गत २४ घण्टामा जम्मा १ सय २४ जना उपचारपछि डिस्चार्ज भएका छन्। हालसम्म १८ हजार ३ सय ५० जना डिस्चार्ज भएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार