बागमतीमा ५२ जना कोरोनाका बिरामी आईसीयूमा

बागमतीमा ५२ जना कोरोनाका बिरामी आईसीयूमा

फाईल फोटो

काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका १३५ जना कोरोना संक्रमित भएका बिरामीहरु आईसीयूमा उपचाररत रहेका छन । मन्त्रालयका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक जना पनि संक्रमित आईसीयूमा छैनन् भने अन्य सबै प्रदेशका आईसीयूमा कोरोना संक्रमित छन्।

सबैभन्दा बढी बागमती प्रदेशमा ५२ जना छन्। त्यसैगरी बागमती प्रदेशमै १२ जना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएका छन ।

यस्तै शनिबार देशभर ६३४ नयाँ संक्रमित थपिएका छन्। देशभर हालसम्म ३१ ह्जार हजार ११७ पुगेको छ। २४ घण्टामा १३६ जना डिस्चार्ज भएसँगै १८ हजार ३५० जना संक्रमणमुक्त भएका छन्।

हालसम्म देशभर १२ हजार ६ सय २१ जना सक्रिय संक्रमित रहेका छन्। यीमध्ये ८ हजार ७ सय ५ जना संस्थागत आइसोलेसनमा छन् भने ३ हजार ९ सय १६ जना होम आइसोलेसनमा छन्। शनिबार देशभर १२ हजार ५ सय १९ जनाको पिसिआर परीक्षण भएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार